नीताले ल्याईन शिवभजन ‘त्रिनेत्रधारी’

सङ्गीत । अमेरिकामा बसोबास गर्दै आएकी नेपाली गायिका नीता आचार्यले नयाँ शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छन् । उनको भक्ति र समर्पणले भरिएको यो भजनले श्रोता र दर्शकको मन छुने अपेक्षा गरिएको छ । भजनको म्युजिक भिडियोको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन् ।

नेपाली फिल्म र संगीत क्षेत्रमा १ सय ५० भन्दा बढी फिल्म र एक हजार बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल न्यूयोर्कमा बसी आफ्नो डान्स स्कूल सञ्चालन गरिरहेका छन् । भिडियोको छायांकन र सम्पादन अञ्जय खड्काले गरेका छन् ।

भिडियोमा गायिका नीता आचार्यसँगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन्। महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन् । भजनको छायांकन मेरिल्यान्डको बाल्टिमोरस्थित हिन्दू बुद्ध मन्दिर र वरपरका क्षेत्रमा गरिएको छ । लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नीताका ‘समर्पण’, ‘जिन्दगी त संगै जिउने हो’ र ‘यादहरू रंगिन संसार’ जस्ता गीतहरू आज पनि श्रोतामाझ लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्