कलाकारितामा भविष्य खोजिरहेकी शुवेक्षा

फिल्म । सौन्दर्य प्रतियोगिता हुँदै फिल्ममा प्रवेश गरेकी शुभेक्षा खड्काले तेस्रो चलचित्र ‘चित्रा’ मा अभिनय गरेकी छिन् । ‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप समेत रहेकी शुभेक्षाले ‘रणवीर’ मार्फत अभिनय यात्राको सुरुआत गरेकी थिइन् । बाबुछोरीको कथामा आधारित भनिएको उक्त फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । उनले फिल्ममा सरल तर ट्विस्ट ल्याउने पात्र निर्वाह गरेकी बताइन ।

‘मैले फिल्म स्वरांकनमा हेर्दा खुसी छु । यो मेरो तेस्रो फिल्म हो, त्यसैले परिपक्क पनि हुँदै आएको छु’, शुभेक्षाले भनिन्,’हामीले प्रेमकथासँगै सामाजिक कथामाथि निर्मित फिल्महरु हेरिरहेका छौँ । यो पारिवारिक कथा हो, जहाँ बाबुछोरीको कथा देखाईएको छ । फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ ।’

उनले फिल्ममार्फत आमा भन्दा भावनात्मक रुपमा कम उपलब्ध हुने बुबाहरुको साथ छोरीहरुलाई भएमा त्यसले उज्वल भविष्य निर्माण गर्ने बताइन् । उनले भनिन्,‘मलाई बुवाले दिनुभएको प्रेरणाले नै यस क्षेत्रमा यो स्थान पाउन मदत गरेको छ । मलाई पूर्ण रुपमा सपोर्ट गर्नु भएको छ । मिस नेपालमा प्रतियोगीको रुपमा सहभागी हुँदा पनि मेरो कमाईले धान्ने अवस्था थिएन । मसँग बचत नै थिएन । तर बुवाले मलाई सधै साथ् दिनुभयो ।’

शुवेक्षाको आयआर्जन अहिले राम्रो छ । फिल्म, स्टेज शो, विज्ञापन लगायतका विभिन्न काममा व्यस्त छिन् । उनले बुवाको सुरुआती समयको सहायतालाई चुकाउन नसकेता पनि आफ्नोतर्फबाट छोरीको कर्तव्य निर्वाह गरिरहेकी छिन् । ‘हामी बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् किन परिवारलाई सहयोग नगर्ने ? त्यसैले नेपाली समाजमा पनि बुवाआमाले छोरा झैँ छोरीको कमाईलाई पनि गौरवका साथ अपनाउन सक्नुपर्छ ।’ कलाकारितामा भविष्य खोजिरहेकी शुवेक्षाले राम्रो कथा बोकेको फिल्म चाहेकी छिन् । उनी दर्शकको मन मष्तिस्कमा बस्नेसँगै मनोरञ्जन प्रदान गर्ने फिल्ममा प्रस्तुत हुन् चाहन्छिन् ।

कमेन्ट गर्नुहोस्