कमेन्ट गर्नुहोस्
चर्चामा ऋतिक र दीपिका
बलिउड । ऋतिक रोशन र दीपिका पादुकोण आफ्नो आउँद फिल्म ‘फाइटर’ का कारण चर्चामा छन् । एरियल एक्सनमा आधारित फिल्ममा दुवैले एअरफोर्स अफिसरको भूमिका निर्वाह गरेका छन् । साथै, सार्वजनिक दुई गीतमा देखिएको लुक्सले गर्दा चर्चामा ल्याएको छ । पछिल्लो सार्वजनिक ‘इश्क जैसा कुछ’ लाई दीपिकाकै अघिल्लो फिल्म ‘पठान’ को एक गीतसँग प्रभावित रहेको आरोप लागेको छ ।
गीतमा दीपिकाको बोल्ड अवतार देख्न सकिन्छ । उनी ‘पठान’ मा शाहरुख खानसँग झैँ यसपटक ऋतिकसँग खुलेकी छिन् । समुन्द्री तटमा छायांकन गरिएको गीतमा दीपिकाले ऋतिकसँगको माया व्यक्त गरेकी छिन् ।
फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवर, अक्षय ओबेरोय लगायतका कलाकारले पनि अभिनय गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म भारतको पहिलो एरियल एक्सनमा आधारित फिल्म हो ।