फिल्म । जेनजी पुस्ताको आन्दोलनका कारण प्रदर्शन स्थगन गरिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी भाइटीकामा प्रदर्शन हुने भएको छ । निर्देशक उपेन्द्र सुब्बा एक विज्ञाप्ति जारी गर्दै फिल्म कात्तिक ६ गते प्रदर्शन हुने घोषणा अगरेका छन् । कवि समेत रहेका निर्देशक सुब्बाकै लेखनमा तयार भएको फिल्ममा लिम्बु समुदाय र तिनको संस्कृतिको सेरोफेरोमा कथा केन्द्रित रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्









