तीज महोत्सवमा नीता र हरिहर

फिल्म । नेपाली हिन्दु समाजको आयोजनामा अस्ट्रेलियास्थित बरउडमा तीज महोत्सव सम्पन्न भएको छ । नेपाली समुदायको उत्साहपूर्ण सहभागितामा आयोजित यो कार्यक्रमको उद्घाटन अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रममार्फत गरेकी छन् । उक्त महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य र तीजसँग सम्बन्धित विविध कार्यक्रम समावेश थिए । आयोजकका अनुसार, कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिनेछन् । अभिनेता अधिकारीले साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको जानकारी दिए । नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ । आयोजकले यो महोत्सवले नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै समुदायबीच आपसी भेटघाट र सम्पर्क विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।
कमेन्ट गर्नुहोस्