विल्सन ‘मैझारो’ मा जोडिए दया

फिल्म । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को पहिलो निर्देशकीय फिल्म ‘मैझारो’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी यसमा जोडिएका हुन् र उनको छायांकन मंगलबारबाट सुरु भएको छ । दयाहाङले छायांकन सुरु गरेसँगै उनको लुक्स पनि सार्वजनिक गरिएको छ । निर्माण पक्षले उपलब्ध गराएको तस्बिरमा उनी लिम्बू पहिरनमा एक हातमा भाला समातेको अवस्थामा देखिएका छन् । यसबाट उनी फिल्ममा लिम्बू पात्रको भूमिकामा रहेको प्रस्ट हुन्छ ।

गत साउनको पहिलो सातादेखि इलाममा छायांकन भइरहेको यो फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा दया पहिला लिड रोलमा भएता पनि रचनात्मक भिन्नताले गर्दा उनले एक विशेष भूमिका मात्र निर्वाह गरेका हुन् ।

फिल्मको लेखन निर्देशक राई स्वयंले गरेका हुन् भने छायांकार सौरभ लामा हुन् । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा आधारित रहेको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ । फिल्मका गीतमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

कमेन्ट गर्नुहोस्