‘पीआर’ को प्रिमियर अष्ट्रेलियामा हुँदै

फिल्म । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्मित फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माण पक्षका अनुसार फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा आयोजना हुनेछ।पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिल्डस्थित इभेन्ट सिनेमाका दुई हलमा र दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुँदैछ । शोभित बस्नेतद्वारा निर्देशित यो फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् ।

फिल्मका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन् । कथा निर्देशक बस्नेतको हो भने पटकथा र संवाद गणेश बुढाथोकीले लेखेका छन् । छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका छन् भने सम्पादन बन्दे प्रसादको छ । नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको छ ।

निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेका छन् भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन् । निर्देशक बस्नेतका अनुसार फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको छ । फिल्मको मुख्य विषयवस्तु विदेशमा रहेका नेपाली विद्यार्थीको संघर्ष र नेपालमा रहेका परिवारको पीडा हो ।

निर्माण टिमका अनुसार ‘पीआर’ नेपाली डायस्पोराले हेर्नैपर्ने फिल्म हो, जसले विदेश गएका छोराछोरी र नेपालमा रहेका बुवाआमाबीचको आर्थिक तथा भावनात्मक सम्बन्धलाई चित्रण गर्छ ।

कमेन्ट गर्नुहोस्