‘जहाजैमा’ प्रदर्शन तय

फिल्म । निर्माणधीन फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति फागुन १ लाई तय गरिएको छ । छायांकन सुरु हुनुअघि नै निर्माण पक्षले आर.आर फिल्मस्सँग सहकार्य गर्दै उक्त मितिमा रिलिज गर्ने घोषणा गरेको हो । फिल्मको वितरण आर.आर फिल्मस्‌का रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।

कृषा चौलागाइँको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्ममा केदार घिमिरे, सौगात मल्ल र जापानी अभिनेत्री रुजेल इचिमिया पक्का भइसकेका छन् भने अन्य कलाकारहरू छनोटको चरणमा छन् ।

भदौबाट जापानमा छायांकन सुरु हुने यो फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाइँको निर्माणमा बन्नेछ । नेपाल, जापान र फिलिपिन्समा खिचिने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण पक्षको भनाइ छ । हाल फिल्मको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्