डकुमेन्ट्री । शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ । यो फिल्मले वर्तमान युवा पुस्ताको विदेश मोहका कारण वृद्धवृद्धाले भोगिरहेको एक्लोपन, उनीहरूको मानसिक अवस्था र जीवनका कठिन मोडहरूलाई कलात्मक ढंगले चित्रण गरेको छ।
फिल्ममा कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । उनीहरूलाई रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनयमा साथ दिएका छन् । नयाँ अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन र सशक्त संवादले फिल्मलाई दर्शकका लागि प्रभावशाली बनाएको छ । यो फिल्मले दर्शकलाई आत्मविश्लेषण गर्न बाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ ।
प्राविधिक पक्षमा पनि फिल्म निकै अब्बल देखिन्छ । किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेंधाइ (छायांकन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्र्व सङ्गीत) लगायतको भूमिका उल्लेखनीय रहेको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति रहेको ‘खाली सिसी नयाँ कागज’ सर्ट फिल्म कम्पिटिसनमा पर्न सफल लघु फिल्म हो ।










