फिल्म । कतारको दोहास्थित एशियन टाउन एम्फीथिएटरमा ‘म्युजिकल हंगामा २०२५’ हुने भएको छ । आउँदो जुन ६ मा हुने उक्त कार्यक्रममा भुवन केसी, अनमोल केसी, स्वस्तिमा खड्का, अस्मिता अधिकारी, पल शाह, जिया केसीसँगै भोजपुरी गायक तथा अभिनेता खेसारीलाल यादवले आफ्नो ब्याण्डसहित प्रस्तुती दिनेछन् । १५ हजार दर्शक क्षमता रहेको उक्त थियटरमा अनमोल ‘म्याडी लुक्स’ मा प्रस्तुत हुने बताईएको छ ।
अनमोलको ‘मिट एन्ड ग्रिट’ ले उक्त कार्यक्रमलाई अझ रमाइलो र मनोरञ्जनात्मक बनाउने विश्वास गरिएको छ । रामी प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा अनमोललाई ‘लोकप्रिय अभिनेता’ को उपाधिसहित सम्मान समेत गरिने बताईएको छ । कार्यक्रम विशेषगरी नेपाली र भोजपुरी दर्शकहरूलाई लक्षित गरिएको छ ।
पछिल्लो समय अनमोलले दर्शकसँग भेटघाटको कार्यक्रम गरिरहेका छन् । उनको ‘जेरी अन टप’ आगामी असोज ३१ मा प्रदर्शन हुँदैछ भने उनले छिटै होम प्रोडक्सनको फिल्ममा काम गर्नेछन् ।












