फिल्म । स्पाईनी मुभिज प्रा.लि.ले जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो ‘स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको महोत्सव निर्देशक माधव खरेलले बताए ।
नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय क्याटेगोरी तर्फ निर्देशक दिनेश राउतले चलचित्र प्रकाशवाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए भने सोही फिल्मवाट प्रदीप खड्काले अभिनेता र विकास सुवेदीले लेखन विधामा अवार्ड हात पारेका थिए ।
नायिका नम्रता सापकोटाले डेसानवाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सपल भईन भने दर्शनबीर शाक्यले नेपाल भाषाको सर्ट फिल्म ईन्दायणीवाट निर्देशकको अवार्ड हात पारे, त्यस्तै गरी तीर्खावाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, किड्न्यापवाट ज्ञानेन्द्र कोईरालाले सर्टफिल्म निर्देशक, दुःखी बुहारी वाट श्रृजना कार्कीले सर्ट फिल्म लेखक, अहम प्रेमवाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल भएका थिए ।
सम्पादक गौतम खड्रकाले भोजपुरी फिल्म कलयुगकी पाँञ्चालीवाट सम्पादकको अवार्ड हात पार्दा कमल एक्चै मगरले डेसान चलचित्रवाट नवनिर्देशकको अवार्ड हात पारेका थिए त्यसैगरी राहुल राईले चलचित्र मिलनवाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले खहरे पाँगु बृत्तचित्रको उत्कृष्ट छायांकार र जुगल : अ सिम्वोल अफ अनवईरिङ वाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पारेका थिए ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (ईरान) लाई उत्कृष्ट कथा, द लाईट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायांकार र फिडलस्ट्रिक (ईजिप्ट) चलचित्रवाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो ।











