‘महाराजधिराज’ मा वर्षा

फिल्म । निर्माणाधीन फिल्म ‘महाराजधिराज’ को निर्माण टोलीले दर्शकमाझ कौतुहलता बढाउँदै कलाकार अनुबन्धको क्रमलाई जारी राखेको छ । बलियो कलाकारहरूको समूह तयार पार्ने क्रममा नायिका वर्षा शिवाकोटीलाई बिहीबार औपचारिक रूपमा अनुबन्ध गरिएको छ ।

यसअघि नै नायक आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन्। यससँगै, जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ।

परिच्छेद सेनले निर्देशन गर्ने यसको पोस्टर केही समयअघि नै सार्वजनिक भइसकेको छ । फिल्म फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने बताइएको छ । निर्देशक सेन स्वयंले नै फिल्मको कथा लेखेका हुन् । उनको निर्देशनमा बनेको अघिल्लो फिल्म ‘प्रेमगञ्ज’ ले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनको प्रस्तुतिमा यसअघि निर्माण भएको ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का यसका निर्माता हुन्।

कमेन्ट गर्नुहोस्