‘ऊनको स्वीटर’ को अग्रिम टिकट बुकिङ खुला

फिल्म । आगामी शुक्रबार अर्थात् वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकहरूले उत्साहजनक सहभागिता जनाउँदै टिकट खरिद गरिरहेका छन् ।

नेपालको सबैभन्दा ठूलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको छ । काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्रायः सबै सिनेमा घरहरूले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।

आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । साथै, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतका अनुभवी कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिनेछ ।

यसमा समावेश सुजन चापागाईँ र झुमा लिम्बुद्वारा निर्देशित ‘फूल, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले दर्शकमाझ लोकप्रियताको शिखर चुमेका छन् । निर्देशक नवीन चौहानको यो पहिलो फिचर फिल्म हो । ‘ऊनको स्वीटर’ को कथा पूर्वी नेपालको पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ।

कमेन्ट गर्नुहोस्