फिल्म । यस वर्ष नेपाली फिल्मका लागि ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन धेरै कमाउने नेपाली फिल्म बन्यो । बक्सअफिसमा रहेको तथ्यांकअनुसार यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो । यो फिल्मका १७ लाख टिकट बिक्री भएका छन् । यस अगाडि यस किसिमको व्यापार कुनै नेपाली फिल्मले गर्न सकेको थिएन् । घरेलु बजारमा यो फिल्म बनाएको इतिहास तोड्न सहज भने छैन ।
यसवर्ष धेरै कमाउने शीर्ष १० फिल्मको सूचीको दोस्रो स्थानमा विराज भट्टको ‘१२ गाउँ’, तेस्रोमा ‘छक्कापञ्जा ५’, चौंथोमा ‘बोक्सीको घर’ र पाँचौंमा ‘अञ्जिला’ छन् । ४ करोड ३३ लाख रुपैयाँ कमाउँदै ‘ह्रस्व दीर्घ’ ११ औं स्थानमा छ । ‘लाज शरणम्’सँग नीता ढुंगाना स्टारर फिल्मको व्यावसायिक अन्तर १ लाख रुपैयाँ मात्र छ । ४ करोड १९ लाख रुपैयाँसहित ‘गाउँ आएको बाटो’ १२ औं स्थानमा छ । ‘होस्टेल ३’ को कमाइ ४ करोड ५ लाख रुपैयाँ ग्रस छ ।
हेर्नुहोस् सर्वाधिक व्यापार गरेको दश फिल्मको सूची
१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८० लाख रुपैयाँ ग्रस
२) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस
३) छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस
४) बोक्सीको घर- १० करोड २ लाख ग्रस
५) अञ्जिला- ७ करोड ५० लाख रुपैयाँ ग्रस
६) पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस
७) घरज्वाइँ- ५ करोड ९ लाख रुपैयाँ ग्रस
८) फर्की फर्की- ४ करोड ८४ लाख रुपैयाँ ग्रस
९) मनसरा- ४ करोड ७८ लाख रुपैयाँ ग्रस
१०) लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस











