प्रकाश र स्वस्तिमाको प्रेम भावमा ‘हेर्दै आँखामा’

फिल्म । नेपाली फिल्म ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । भारतको गोवा र रसुवाको लाङटाङ लगायतका रमणीय दृश्यमा खिचिएको गीतमा प्रकाश सपूत र स्वस्तिमा खड्काको प्रेम भाव देखाइएको छ । इम्याजिन गीतमा दुइ पात्रले हिन्दु, मुस्लिम, क्रिश्चियन धर्म अनुसार विवाह गरेको देखाइएको छ ।

फिल्मको परिवेश भन्दा फरक शैलीमा गीत दृश्यांकन गरिएको छ । यो गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । अभिनेता सपुतको नै शब्द रचना तथा संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन छ । गीतलाई केविका खत्रीले निर्देशन गरेकी हुन् ।

फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा, संगीत र निर्देशन सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा रहेको फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस्