विजय मल्लको ‘अनुराधा’मा आधारित फिल्म बनाउँदै प्रदीप

फिल्म । निर्माता प्रदीपकुमार उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास ‘अनुराधा’मा आधारित फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मको निर्देशन ऋषि लामिछानेले गर्नेछन् भने पटकथा सामीप्यराज तिमल्सेनाले लेख्नेछन्।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी मंसिरको अन्तिम सातादेखि सुरु हुनेछ । फिल्मको छायांकन तराईका विभिन्न स्थानसँगै काठमाडौंमा गरिनेछ ।

फिल्मका कलाकारको नाम भने निर्माण टिमले हाललाई गोप्य राखेको छ । निर्माण पक्षले कलाकारको घोषणा उपयुक्त समयमा गर्ने जनाएको छ। फिल्मको छायांकन सुशन प्रजापतिले गर्नेछन् । साहित्यकार विजय मल्लको चर्चित उपन्यासमा आधारित भएकाले फिल्मप्रति दर्शक तथा साहित्यप्रेमीको चासो बढ्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्