फिल्म । होलीको अवसर पारेर गत फागुन २९ गते बिहिबारदेखि प्रदर्शनरत फिल्म ‘आउट लः दफा २१९’ लाई दर्शकले रुचाएका छन् । फिल्मको मेकिङ, अभिनेता सुशील श्रेष्ठको मेहनत, सम्पादन, छायांकनलाई दर्शकले रुचाएका छन् । फिल्मले दर्शकको उत्साहजनक साथ पाउनुका साथै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । एक्सन विधालाई हेर्न रुचाउने दर्शकले यसको तारिफ गरेका छन् ।
सिनेमा घरमा दर्शक चाँप बढेपछि निर्माण टिमले भेटेर प्रतिक्रिया लिएका छन् । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।
४ वर्षपछि पर्दामा फर्किएका सुशीललाई दर्शकले रुचाएका छन् । उनले दर्शकसँग साक्षात्कार गरिरहेका छन् । हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।
फिल्म ‘आउट लः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । फिल्मले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् ।











