महिला कलाकारको ‘इन्द्रेणी’

फिल्म । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ ।

मधेशको सेटअपमा खिचिएको गीतलाई कथा वाचनको रुपमा समावेश गरिएको छ । निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए ।

यसमा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्