फिल्म । महाशिवरात्रिको अवसर पारेर प्रदर्शन भएको फिल्म ‘मायावी’ को प्रतिक्रिया लिन हलमा पुगेका अभिनेता पल शाहले माया गर्नेहरूका लागि फिल्म अनेको बताउनुभएको छ । दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिईरहदा निर्देशक निश्चल बस्नेतले शुभकामना नदिएको विषयमा अभिनेता शाहले आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘मलाई लाग्छ यो लेभल अफ थिंककिङको कुरा हो । हामी सामाजिक प्राणी भएकाले के कस्तो सोच्ने वा अरुलाई की कस्तो व्यवहार गर्ने, त्यो हामीमै निर्भर हुन्छ । यद्यपि उहाँले शुभकामना दिनु वा नदिनु नितान्त व्यक्तिगत कुरा हो, किनकि त्यो उहाँको व्यक्तिगत सञ्जाल हो’, अभिनेता शाहले भने ।
यस्तै, फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएको अवस्थामा टिकटक लगायतका सञ्जालमा फिल्मका मुख्य दृश्य पाइनुले व्यापारमा असर गरेको निर्देशक दीवाकर भट्टराईले बताएका छन् । उनले सामाजिक सञ्जालमा राखिएको भिडियोले दर्शकको उत्सुकतालाई कम गराउने काम गरिरहेको बताए ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।












