यश कुमारले ल्याए ‘मैले तिम्रो मायामा’

सङ्गीत । गायक यश कुमारले सांगीतिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक फिल्मको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक कार्यक्रमका बरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए । उनले कार्यक्रममा बोल्दै गायक यश कुमार बिना संगीत क्षेत्र नै अधुरो हुने बताए । विगत ३ दशक यता उनले नेपाली संगीत क्षेत्रमा यश कुमारले फरक गीत तथा संगीत मार्फत् आफुलाई स्थापित गरेको बताए ।

यो गीतमा गायक यश कुमार र स्मिता प्रधानको स्वर छ । भिडियोमा समेत उनीहरुले नै अभिनय गरेका छन् । सार्वजनिक गीतको शब्द रचना, संगीत तथा भिडियो निर्देशन समेत गायक यश कुमारले नै गरेका हुन् । भिडियोमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाको समेत अभिनय रहेको छ ।

दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमाला हुन् ।

कमेन्ट गर्नुहोस्