फिल्म । अन्तत फिल्म ‘तेल भिसा’ बन्ने भएको छ । फिल्मका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । शंकर घिमिरेले निर्माण तथा निर्देशनमा तयार हुने फिल्ममा अहिले प्रवासमा पुग्ने अभिभावकको कथालाई देखाइने छ । सन्तानसँग खुसी साट्न प्रवास पुग्ने अभिभावकले महसुस गर्ने भिन्न भोगाईलाई यसमा देखाइने बताईएको छ ।
फिल्ममा विपिनसँगै वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे लगायतका कलाकारले अभिनय गर्दैछन् । फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् । यसको छायांकन वैशाख २५ बाट सुरू हुने बताईएको छ । मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत फिल्म खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ । यस्तै, निर्माण पक्षबाट उपलब्ध गराईएको जानकारी अनुसार यसअगाडि निर्माणमा गर्ने भनिएको सेभेन सिज इन्टरटेनमेन्ट्सले सहकार्यलाई निरन्तरता दिएको छैन ।
कमेन्ट गर्नुहोस्