‘महाभोज’ घोषणा

फिल्म । निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ निर्देशन गर्ने घोषणा गरेका छन् । उनको महत्वाकांक्षी चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ ।

निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् । राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् । आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ ।

कमेन्ट गर्नुहोस्