फिल्म । फिल्म ‘बेहुली फ्रम मेघौली’ ले राम्रो प्रतिक्रिया र दर्शक पाईरहेता पनि प्रदर्शकले उचित सो सङ्ख्या उपलब्ध नगराएपछि निर्देशक तथा निर्माता निश्चल बस्नेतले असन्तुष्टी व्यक्त गरेका छन् । उनको पछिल्लो फिल्म ‘दिमाग खराब’को प्रदर्शन समयमा उपयुक्त शो नपाएको भन्दै उनले हल संचालकविरुद्ध आक्रोश आफ्नो आवाजलाई बुलन्द बनाएपछि चलचित्र संघ उनका मागमा सहमति जनाउदै प्रत्येक फिल्मलाई प्रदर्शन अवधिभरको पचास प्रतिशत सेयर दिन बाध्य भएको थियो ।
यसपटक पनि आफ्नो फिल्मलाई प्रदर्शले हेपाहा प्रवृति देखाएको भन्दै निर्देशक बस्नेतले हलको विकल्प खोज्नु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत राम्रो प्रतिक्रिया र दर्शकको राम्रो साथ पाउँदा पाउँदै पनि आफ्नो फिल्म उतारेको भन्दै विकल्प खोज्नेमा जोड दिएका हुन् ।
उनले लेखेका छन्,‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुदापनि तपाईहरु चै त्यै हिन्दी फिल्मलाई नै शो दिईराख्नु है । म चै हलको बिकल्प तिर लागे ।’ उनको यो सङ्केत ओटीटीमा फिल्म ल्याउने हुन् सक्छ । किनकि गत घटस्थापनामा एमएसएम भिडियो नामक ओटीटी उनकै फिल्म ‘दिमाग खराब’ मार्फत सुरुआत भएको छ । त्यसको कुनै प्रचारप्रसार नगरेका निश्चल केही दिन यता ओटीटीमा फिल्म हेर्न दर्शकलाई सामाजिक सञ्जालमार्फत जानकारी दिईरहेका छन् ।
एमएसएम भिडियोले पनि नयाँ नयाँ फिल्म दर्शक माँझ ल्याईरहेको छ । त्यहि क्रममा निश्चलले पनि ‘बेहुली फ्रम मेघौली’ विदेशमा बिक्री गरिएको देशमा प्रदर्शन भएपछि ओटीटीमा ल्याउन सक्ने सङ्केत गरेका छन् ।










