फिल्म । आउँदो असोज ३ गतेलाई प्रदर्शन तय गरेको अभिनेता धिरज मगर अभिनित फिल्म ‘खुस्मा’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । गत मंगलबार सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुका साथै अभिनेता उपासना सिंह ठकुरसँग अभिनेता मगरको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् ।
चार मिनेट लामो ट्रेलरमाओवादी युद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा द्धन्द्व बढेपछि वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको देखिन्छ । अभिनेता मगर आफ्नो जन्मथलोमा यसको छायांकन गरेका हुन् । अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।
यसको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । यसमा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।











