यस्तो छ ‘घर बट इन अमेरिका’को फस्टलुक

सिरिज । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । विम्लेश अधिकारीको निर्देशनमा तयार भएको सिरिजको फस्टलुकमार्फत विभिन्न जानकारी दिईएको छ । निर्देशक अधिकारीले विदेशमा रहेर नेपालको कथा भन्न खोजेको बताएका छन् ।

‘हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ’, निर्देशक अधिकारीले भनेका छन् ।

यसै सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् । यसमा निर्देशक अधिकारी र अभिनेत्री लम्सालसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ । सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन्। सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्