ओटीटीमा ‘प्रकाश’

फिल्म । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ ओटीटीमा रिलिज भएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्ममार्फत प्रदीप आफ्नो स्टारडमको छायाँबाट बाहिर निस्किएका थिएँ । उनले यसमा गरेको ‘एटेम्ट’ ले उनलाई पात्रमा अभिनय गर्न प्रेरित गर्यो ।

फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ ।

कमेन्ट गर्नुहोस्