होली मुडमा सरिता

सौन्दर्य । विगत एक दशकदेखि गायिकाको रुपमा सक्रिय सरिता भारती मोडल र सञ्चारकर्मी पनि हुन् । उनले दुई दर्जन गीत बजारमा ल्याएकी छिन भने तीन दर्जन भिडियो र तीनवटा सर्ट फिल्म द डटर, परिवर्तन (द चेन्ज), सनराईजमा नायिका भएर काम गरिसकेकी छिन् । यी तीनवटै सर्टफिल्मबाट उनले उत्कृष्ट नायिकाको फरक फरक अवार्ड पनि हाँसिल गरिसकेकी छिन् ।

यसै क्रममा यो वर्षको फागुपूर्णिमालाई लक्षित गरेर गायिका सरिताले ‘होली’ विशेष फोटोसुट गरेकी छिन् । वर्षदिनमा एकपटक आउने फागुपूर्णिमाको अवसर पारेर यो फोटोसुट गरेको उनले बताएकी छिन् । रँगहरुको पर्व होलीको दिन आज आईतबार सरिताको विभिन्न साँगीतिक कार्यक्रम रहेको छ ।

केही महिना अघि आफ्नो नयाँ गीत जिस्केर मस्केर… बजारमा ल्याएकी गायिका सरिता भारतीले यतिबेला अर्को नयाँगीत कुर्था सुरुवाल…को रेकर्डिङ गरेकी छिन् । यो गीतलाई यही महिनाको अन्त्यमा रिलिज गर्ने उनले बताएकी छिन् । यसपछि आफु र डेभिड शँकरको स्वरमा रहेको नयाँ गीत छुकछुके रेलैमा…लाई आगामी बैशाखमा सर्वजनिक गर्ने पनि सरिताले जानकारी गराएकी छिन् ।

तीन महिना यताबाट गायिका सरिताले एक दर्जन महोत्सब तथा विभिन्न कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरिसकेकी छिन् । गतासाता मात्र सुर्खेतको कर्णाली एक्पो सुर्खेत महोत्सबमा पुगेर उनले गीत प्रस्तुत गरेकी थिईन् ।

बिगत एक दशकदेखि गायनमा सक्रिय सरिताले ‘मेरो जवानी’ गीत रेकर्ड गरेर गायन यात्रा सुरु गरेकी हुन् । यसपछि उनको तीन दर्जन भन्दाबढी गीतहरु बजारमा आईसकेका छन् । लुडो र तास, रातो सारी लरक्कै, यसपालीको दशैं, हे गाजली, असारैमास झरी, अँधेरीमा थिएँ, चिया पकाउन साईली, बजाईदेउन बाजा, मेरो मायाँ भनी, तिम्रो मायाँले न हो जस्ता थुप्रै चर्चित गीतहरु सरिताले दर्शक श्रोतामाझ ल्याईसकेकी छिन् ।

कमेन्ट गर्नुहोस्