नेपाल आउँदै ज्याकलिन फर्नान्डेज

फिल्म । भारतीय अभिनेत्री ज्याक्लिन फर्नान्डिज नेपाल आउने भएकी छिन् । उनि आरबी डायमण्ड ज्वेलर्सको निम्तोमा उक्त २७औं वार्षिकोत्सवमा आयोजना गरिने समारोहमा सहभागी हुन् नेपाल आउन लागेकी हुन् । उनले भिडियो संदेशमार्फत छिटै नेपाल आउने खबर दिएकी छिन् । डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन।

सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन। कार्यक्रम यहीँ मार्च ३० गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन। हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ।

कमेन्ट गर्नुहोस्