‘महाजात्रा’ को महाप्रचार

काठमाडौँ । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ ले प्रचारप्रसारलाई तिब्रता दिईरहेको छ । चैत ९ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने फिल्मले गरिरहेको प्रचारप्रसारले नेपालसँगै विदेशमा समेत दर्शकलाई फिल्मप्रति चाख बढाएको छ । नेपाल भ्रमण गरेर प्रचारप्रसारमा जुटिरहेको फिल्म ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ ।

नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ । क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका रवीन्द्रसिंह बानियाँले नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने बताए ।

‘हामीले व्यापार सोच्छौँ तर प्रचारप्रसारमा ध्यान दिन सक्दैनौँ । हामीले नेपालभर महाजात्रा आउँदैछ भनेर दर्शकलाई जानकारी दिएका छौँ । हामीले बजारलाई बढाउने किसिमले प्रचारप्रसार गरिरहेका छौँ’, बानियाँले भने ।

उनले मोफसलमा बजार बढाउन मोफसलमा विर्तामोडमा प्रिमियर हुन् लागेको बताए । ‘हामीले काठमाडौँ केन्द्रीत गरेर मोफसलमा बजार बढ्दैन, त्यसैले मोफसलमा पनि गतिविधि बढाएका हौँ’, उनले भने ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

कमेन्ट गर्नुहोस्