विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सङ्गीत । नेपाली गीत संगीत क्षेत्रकै महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण बिहीबार राती राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा सम्पन्न अवार्ड समारोहमा लामो समयपछि नायक पल शाह र गायिका समिक्षा अधिकारी एउटै मञ्चमा देखिए।समारोहमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो। समारोहमा सुगम संगीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे। त्यसैगरी यही विधामा बिबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजकको अवार्ड विजेता भए। सर्वोत्कृष्ट गीतको अवार्ड विष्णु भण्डारीले जिते।

समारोहमा नेपालकै पहिलो क्याब्रे गीतकी ख्यातिप्राप्त गायिका मिरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मान गरिएको छ। त्यस्तै, संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपिाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिएको छ। पूर्व मिस नेपाल सुगरीका केसीद्धारा सञ्चालित कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी श्रष्टा सम्मानबाट सम्मान गरिएको छ।

विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गायिका मिरा राणाको सम्मानमा गायिका बेनिसा पौडेलले उनीद्वारा स्वरबद्ध मखमली चोली चाहिँदैन बोलको गीत गाएकी थिइन्। त्यस्तै सम्मानित संगितकार भूपेन्द्र रायमाझीको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले बिरही माया र फूल भए जिन्दगी बोलको गीत प्रस्तुत गरेर दर्शकलाई भावुक तुल्याएका थिए। कार्यक्रममा सम्मानित गायक रुपक डोटेलले आफ्नै गीत सपनी राम्रो देख्दिनँ, मेरो बोली सुन्दा, ए माइली, चोखो माया लाकै हो, मुस्कानमा अल्झिए कि, वनकी चरीजस्ता गीत गाएर मनोरञ्जन दिलाएका थिए। त्यसैगरी अर्का सम्मानित गायक राजु परियारले आप्mनो लोकप्र्रिय सामाजिक जागरणको गीत सुनपानीले छर्क मायालु गाएर माहोललाई भावुक बनाएका थिए।

त्यस्तै गायक शिरिष देवकोटा र देवी घर्ती सुनीता बुढा क्षेत्रीले बैना हजुर, नजरैको भर, म त आउने थिइनजस्ता गीत प्रस्तुत गरेर कार्यक्रमको माहोल तताएका थिए। गायिका समीक्षा अधिकारीले नबोली नबोली बोलको गीत प्रस्तुत गर्दा नायक पल शाह र एलिना रायमाझी काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुनलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक निकै रमाएका थिए। अवार्डको आयोजक संस्था विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा मनीष गन्धर्व र उनको सारंगी स्कुलका विद्यार्थीले सारंगीमार्फत विभिन्न धुन प्रस्तुत गरेका थिए। समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरिएको थियो।

विधा विजयी गीतको बोल

गीत विष्णु भण्डारी जाली माया सुगम गायक निशान भट्टराई प्रेमको प्रस्ताव सुगम गायिका काव्या आचार्य तिम्रो यादैमा सुगम संगीत बिबि अनुरागी जान्दिन है प्रियतम सुगम रचना सत्यराज चौलागाईं सँगसँगै बाँचौला सुगम महिला गीतकार राधिका अधिकारी नभए यदी भार संगीत संयोजन सुदीप सागर सकम्बरी पप गायन टंक तिमल्सिना मेरी चम्पा युगल गायन रमेशराज भट्टराई र रचना रिमाल भन साईंला २ लोकदोहोरी गायक रामचन्द्र चन्द घाँटी रेट्नेलाई लोकदोहोरी गायिका जुना श्रीष मगर पानी खोलीको लोकदोहोरी भाका रमेश परियार बनमा खयर लोकदोहोरी गीत कृष्ण भारद्धाज डम्बर कुमारी आधुनिक भिडियो मोडल जोडी विजय पुन र गीता ढुंगाना पत्थरको मुटु २ राष्ट्रिय भावनाको गीत बाबुराम श्रेष्ठ विर नेपाली सेना लोकदोहारी भिडियो निर्देशक मौसम हिमाली रीमै सुगम भिडियो निर्देशक शिशिर खाती जुम्ला भिडियो छायाँकार नवराज उप्रेती सकम्बरी भिडियो सम्पादक मनोज कार्की जुम्ला दोहोरी नव प्रतिभा डोलराज परियार कमली पप तथा आधुनिक नवप्रतिभा चेतन गोतामे को आप्mनो को पराई लाकेदोहोरी मोडल दीक्पाल कार्की र अनु पराजुली ओ राजै सम्मान विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड मिरा राणा विन्ध्यवासिनी संगीत साधना सम्मान भुपेन्द्र रायमाझी प्रेमध्वज संगीत रत्न सम्मान रुपक डोटेल झलकमान लोक संगीत सम्मान राजु परियार विन्ध्यवासिनी कला पत्रकारिता सम्मान शान्ति प्रिय अनवरत लोकदोहोरी स्रष्टा सम्मान लक्ष्मी सुवेदी विन्ध्यवासिनी अन्तराष्ट्रिय संगीतकर्मी सम्मान दीपक अर्याल, जापान

जुरी अवार्ड आधुनिक गायन बेनिषा पौडेल लोक तथा दोहोरी गायन समिक्षा अधिकारी गीतकार सविता पोखरेल अभिनय सञ्चिता शाही सम्पादन दीपक विष्ट निर्देशन काजिश श्रेष्ठ

कमेन्ट गर्नुहोस्