
फिल्म । लघु फिल्म ‘अकारण’ प्रदर्शन गरिएको छ । घरेलु हिँसापिडित महिलाको मानसिक अवस्थाको चित्रण गर्ने लघु फिल्मलाई च्यानल २३ मार्फत युट्युबमा इन्टरनेट रिलिज गरिएको हो । कलाकार एमएस अग्रजको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा निखिला बुढाथोकी, कुशल आचार्य,सामु उप्रेती, सुनिल पराजुली लगायतको अभिनय रहेको छ ।
श्रीराम अर्यालले खिचेको लघु फिल्ममा पटकथा र संवाद केशव पाण्डेको रहेको छ । यसमा एक विवाहित महिलाले आफ्नो पतिमार्फत भोग्नु परेको भावनात्मकसँगै यौन हिंसाको विरुद्ध उठाउने आवाजलाई आफ्नै परिवार र साथीहरूमार्फत साथ पाउँदा गर्ने सङ्घर्षलाई यसमा देखाईएको छ ।
पटकथा तथा संवाद लेखक पाण्डेकै लगानीमा तयार ‘अकारण’ मा पार्श्व संगीत शैलेश श्रेष्ठ , शृंगार सुनिल पराजुली , निर्माण व्यवस्थापन सरोज शर्मा , पब्लिसिटी डिजाइन महेश श्रेष्ठको रहेको छ । विचित्र फिल्मस्को प्रस्तुति र गुड जब आर्टस् सह प्रस्तुतिमा तयार ‘अकारण’ ले घरेलु हिँसाले निम्त्याउने अवस्था र त्यसले महिलामा पर्ने मानसिक असर बारे प्रस्ट्याउँ छ ।












