‘रुमानी रङ्ग’ मा धीरज र सम्राज्ञी

फिल्म । अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ फिल्म साइन गरेका छन् । उनीहरू दुईको यो दोस्रो फिल्म हो । यसअगाडि उनीहरूले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा सँगै काम गरेका थिए । अनिल योञ्जनको निर्देशनमा तयारनिर्माण हुने फिल्म ‘रुमानी रङ्ग’मा उनले अभिनय गर्ने तय भएको हो । अनिल निर्माताको रुपमा ‘आवरण’ मार्फत फिल्मनगरीमा भित्रिएका थिए । उनको निर्देशकीय डेब्यु फिल्म ‘डायरी’ हो । यो फिल्मको औपचारिक घोषणा निर्माण पक्षले विहिबार गर्दैछ ।

उनीहरू दुई बाहेक फिल्ममा अभिनेता आर्यन अधिकारी पनि तय भएका छन् । जिएम ठकुरी प्रस्तुतकर्ता रहेको फिल्म ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि. र आविष्कार बहुसंचार प्रा.लि.को सहकार्यमा निर्माण हुन लागेको हो । सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सारु र विजय अधिकारी सह निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुरी छन् । महेश पौडेलले खिच्ने फिल्मलाई श्रीराम बालाजी फिल्मसले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्