‘दुई नम्बरी’ पछि ‘हात्तीछाप’मा दया, सौगात र उपासना

फिल्म । यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हात्तीछाप’ मा मल्टीस्टार कास्ट छन् । फिल्मको कलाकारहरूकै कारण प्रतिक्षित बनिरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र उपासना सिंह ठकुरी छन् । यिनीहरूले अभिनय गरेको ‘दुई नम्बरी’ बक्सअफिसमा सफल भएको थियो ।

यसकारण पनि दर्शक माँझ प्रतिक्षित रहेको फिल्मलाई अभिनेत्री ठकुरीले फिल्म मनोरञ्जनात्मक रहेको बताएकी छिन् । उनले प्रचारप्रसारको क्रममा दिईरहेको अन्तर्वार्तामा फिल्ममा सामाजिक विषयवस्तु रहेको बताएकी छिन् ।

‘मैले गरिरहेको फिल्ममा फरक लागेको कथा हो । यसमा सामाजिक विषयसँगै प्रेमकथा पनि राखिएको छ । यो समग्रमा मनोरन्जनात्मक फिल्म हो’, उपासनाले भनिन् । उनले फिल्ममा पैसाले निम्त्याउने अवस्थालाई देखाईएको पनि बताइन । उनले शिर्षकले नै पैसाको आभास दिलाउनेमा जोड दिईन् । फिल्ममा उनको जोडी दयासँग बाँधिएको छ ।

त्यस्तै, अभिनेता सौगात मल्ल फिल्ममा ‘बोत्तल राजा’को भूमिकामा प्रस्तुत छन् । सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, विनोद न्यौपाने लगायतको पनि अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन,प्रदीप भारद्वाजको लेखन रहेको छ ।

कमेन्ट गर्नुहोस्