‘एक्टर’मा राजवल्लभ

फिल्म । फिल्म ‘पर्खि बसेँ’ मार्फत अभिनयलो सुरुआत गरेका अभिनेता राजवल्लभ कोइराला केही वर्ष यता अभिनयबाट टाढिएका छन् । फिल्म ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे । यसपछि, भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब, उनै नायक फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।

यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।

कमेन्ट गर्नुहोस्