क्याप्टेन एउटा प्रयास हो – निर्देशक भट्टराई

फिल्म । अनमोल केसी यो पुस्ताका सर्वाधिक पपुलर कलाकार हुन् । उनलाई हेर्न मात्र भएपनि दर्शकको भिड फिल्म हलमा देखिने गरेको छ । फिल्म ‘होस्टेल’ मार्फत फिल्मनगरीमा एक्टरको रुपमा डेब्यु गरेका अनमोलले त्यसपछी जेरी , ड्रिम्स, गाजलु , कृ लगायतका फिल्म मार्फत आफ्नो स्टारडमलाई प्रस्तुत गरिसकेका छन् । यिनै अनमोल नयाँ कप्तान बनेर आउदो शुक्रबार देखि हलमा आउँदैछन् । अर्थात् फुटवलरको भूमिकामा उनलाई दर्शकले हेर्न पाउनेछन् , जसलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

प्राय लभ स्टोरी जनरकै फिल्म निर्देशन गरिरहेका दिवाकरलाई फिल्म निर्माण देखि नै सहज भने पक्कै थिएन । ‘मलाइ फुटवलको बारेमा धेरै कुरा थाहा नै थिएन’ दिवाकरले सुरुका दिन सम्झीए ‘फुटवलको विषयमा यति धेरै थाहा भएको भए सायद फिल्म नै बन्थेन होला ।’ नेपालमा स्टेडियम नभएकाले फिल्म निर्माणमा सहज थिएन । साथै त्योसँगै आउने कठिनाइलाई बुझेका भए सायद दिवाकर मात्र होइन निर्माता भुवन केसीले पनि आट गर्नेथिएनन् , उनि यसै भन्छन् । ‘अनमोलको प्रस्तावमा फिल्म बनाउने भनेपछि टिम बसेर वर्क गर्यौ तर यत्तिको गाह्रो हुन्छ भन्ने सोचेका थिएनौ’ भुवनले शुटिङको समयलाई सम्झिदै भने ‘एक समय यस्तो आएको थियो जतिबेला हामी शुटिङ रोक्ने तरखरमा पुगिसकेका थियौ किनकी विकल्प नै थिएन ।’

प्राविधिक कठिनाइ त छ नै साथै शुटिङ छायाँकनको समयमा पनि सहज नभएको उनको भोगाईछ । दिवाकर भने क्याप्टेनलाई एउटा प्रयास भन्छन् । ‘हामीसँग सिमित श्रोत र साधन छ जसको आधारमा यो फिल्म बनाएका छौ’ उनि भन्छन् ‘त्यसैले यो एउटा प्रयास हो , क्याप्टेनले धेरै मेकरको सोचाइलाई फराकिलो बनाउन सक्छ ।’ फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्