डि.आर सुजनले ल्याए ‘पुतली’

सङ्गीत । गायक डि.आर सुजन र टीका पुनको स्वर रहेको गीत ‘पुतली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक सुजनकै लय र थेगोसँगै श्यामश्वेत रसाइलीको ध्वनी मिश्रण रहेको छ । यसमा विमला हुमागाई (बोध श्री) को शब्द रहेको छ ।

गीतको सार्वजनिक गरिएको भिडियोमा समेत गायक सुजनसँगै प्रेमा लाम्गादे र बालकलाकार सुजित रेग्मीको अभिनय रहेको छ । नवीन घर्ती मगरको सम्पादन, गणेश सापकोटाको छायांकन तथा गायक सुजनकै निर्देशनमा तयार भएको भिडियोमा कृषि र गाउले जीवन शैलीलाई समेटिएको छ ।

कमेन्ट गर्नुहोस्