भिडियोपसलमा ‘चिसो मान्छे’

फिल्म । स्वस्तिमा खड्का अभिनित नेपाली फिल्म ‘चिसो मान्छे’ नेपाली ओटीटी प्लेटफर्म’भिडियोपसल’मा रिलिज गरिएको छ । नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको फिल्मले डायस्पोरा प्रदर्शन पश्चात नेपाल फर्किने विश्वास लिईएको छ । डायस्पोरामा माग उच्च रहेका कारण प्रदर्शन गरिएको भिडियोपसलका सह-संस्थापक नेहा कार्कीले जानकारी दिईन् ।

‘सम्पूर्ण स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई 4K गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ ‘, कार्कीले बताइन ।

दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । कर्णाली क्षेत्रको कथा भन्ने फिल्ममा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ । २०१७ देखी सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भई सकेका छन् ।

कमेन्ट गर्नुहोस्