सङ्गीत। आइ लाइभ नेपालले फागुन ९ मा काठमाडौँस्थि दशरथ रङ्गशाला सङ्गीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’ को आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती रहने जानकारी प्रवक्ता रवीन्द्र कार्कीले दिए।
सङ्गीत प्रेमीलाई ध्यानमा राख्दै कन्सर्ट आयोजना गर्न लगिएको उनले बताए। कन्सर्ट अगाडी नै ‘रोड टु नेभरल्याण्ड’ शिर्षकमा १७ फेब्रुअरीमा गायक नविन के भट्टराई र अकिल सचदेवा तथा १८ फेब्रुअरीमा सिक्किमका र्यापर युएण्डबीले प्रस्तुति दिनुहुनेछ। ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ मा पाँच सयदेखि पच्चीस हजारसम्मको टिकट राखिएको छ।
कमेन्ट गर्नुहोस्