समन्वय नहुँदा भएँन छायाँकन

फिल्म । पछिल्लो समय नेपाली फिल्म विदेशमा खिच्ने प्रचलन बढ्दो छ । तर छायाँकन गर्न सोचीए जस्तो सहज छैन । यस्तै असहजता भएको छ फिल्म ‘लप्पन छप्पन’ लाई । नेपालमा केही दृश्यको छायांकन गरेर यूरोप पुगेको फिल्म टोली छायांकन नै नगरी नेपाल फर्किएको छ । विशेषगरि, निर्देशक र निर्माताविच समन्वय नहुँदा करिब डेढ दर्जन टोलीले २ साता यूरोपमा रहेर पनि कुनै दृश्यको छायांकन नै गरेनन् ।

निर्माण घोषणा हुँदा यसको छायांकन यूरोप र अष्ट्रेलियामा गर्ने बताइएको थियो । पहिले यूरोपमा छायांकन सकेर अष्ट्रेलिया जाने योजनामा कलाकार यूरोप पुगेका थिए । तर, नेपालमा रहेका निर्देशक मुकुन्द भट्ट र यूरोपमा रहेका निर्माताहरु देवु श्रेष्ठ र चिजकुमार श्रेष्ठविच समन्वय नहुँदा समस्या भएको हो ।

निर्देशकले यूरोपमा निर्मातासँग समन्वय नै नगरी कलाकार लिएर यूरोप पुग्दा समस्या उत्पन्न भएको बुझिएको छ । छायांकनका लागि कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतको टोली यूरोप पुगेको थियो । नेपालबाट क्यामेरा नलगिएका कारण पनि छायांकनमा समस्या आएको हो । नेपालबाट क्यामेरा नलगिएपछि छायांकार पुरुषोत्तम प्रधान पनि यूरोप गएनन् ।

उतै, क्यामेराको व्यवस्था गर्ने सोच लिएर टिम यूरोप पुगेपनि बेल्जियममा त्यो व्यवस्था हुन सकेन । बेल्जियममै अर्को क्यामेराले केही मोन्टाजहरु खिचिएको वुझिएको छ । अब, स्थानिय निर्माताले अष्ट्रेलियामा छायांकन सकेर मात्र यूरोपमा छायांकन गर्ने शर्त अगाडि सारेका छन् । तर, १७ जनाको टिमलाई यूरोपमा करिब २ साता राखेर कुनै काम नहुँदा स्थानिय निर्माता मर्कामा परेका छन् । फिल्म आउँदो फागुन ९ मा रिलिज गर्ने घोषणा कार्यक्रममा बताइएको थियो ।

कमेन्ट गर्नुहोस्