फिल्म । डिजिटल प्रविधिमा निर्माण भएका फिल्मलाई प्रोत्साहन गर्ने उदेश्यले सुरु गरिएको डिजिटल सिनेमा अवार्ड (डि सीने) मा पन्ध्रौँ संस्करणमा सहभागी हुन फिल्मका लागि दर्ता आह्वान गरिएको छ । आयोजक संस्था छायाछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पुस १५ गतेसम्म ईच्छुकले आफ्नो फिल्म दर्ता गर्न सक्ने बताए ।
‘डिजिटल माध्यमबाट निर्माण गरिएका चलचित्र, चलचित्रकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहित गरी गुणस्तरयूक्त फिल्म निर्माण हेतु अवार्ड आयोजना गरिरहेका छौँ’, अध्यक्ष शान्तिप्रियले भने ।
‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारासहित आयोजना हुने अवार्ड फरक र नियमित रुपमा आयोजना हुँदै आएको उनले बताए । पन्ध्रौँ संस्करणमा विसं २०७९ सालमा रिलिज भएका फिल्मले सहभागिता जनाउन पाउनेछन् ।
कमेन्ट गर्नुहोस्












