रचना र सागरले ल्याए ‘बाडुल्की’

संगीत । रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको संगीत र रुबिन मगरको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समारिका ढकाल र विकास सुवेदीलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्