किन एकअर्काको फिल्म हेर्दैनन् निश्चल र स्वस्तिमा ?

गसिप । स्वस्तिमा खड्का गत वर्ष नम्बर वान अभिनेत्रीमा परिन् । होस्टेल रिटन्स मार्फत फिल्ममा भित्रिएकी स्वस्तिमाले यो सफलता केहि समयमै पाइन् । उनलाई सफल बनाउने श्रेय उनकै पति निश्चल बस्नेतलाई पनि जान्छ । किनकी स्वस्तिमाको मेहनतलाई एक्सप्लोर गर्ने काम निश्चलको स्टारडमले गर्यो । ‘लुट’ जस्तो फिल्म बनाएर निश्चलले निर्देशककै रुपमा एउटा स्टारडम बनाए । जुन ,नेपाली निर्देशकमा कमैले पाउछन् । स्वस्तिमाले गत वर्ष ‘बुलबुल’ मा अभिनय गरिन् ।

फिल्मले नेपालमा मात्र होइन , विश्वभरका फिल्म फेस्टिभलमा आफुलाई अब्बल सावित गरिरहेको छ । नेपालमै पनि नेशनल अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड स्वस्तिमाले जितिन् । यसपछि स्वस्तिमाको स्टारडम त बढ्यो नै अभिनयको पनि उत्तिकै चर्चा भयो । तर , बुलबुललाई निश्चलले नै हेरका छैनन् । हालै एक शो मा अन्तर्वार्ता दिने क्रममा स्वस्तिमाको करियरकै उत्कृष्ट फिल्म ‘बुलबुल’ आफुले नहेरेको निश्चलले बताए ।

यता निश्चलले पनि स्वस्तिमाले आफ्नो पछिल्लो फिल्म ‘प्रसाद’ नहरेको बताए । यद्दपी स्वस्तिमाले ‘प्रसाद’ नेपाल नभई सार्क फिल्म फेस्टिभलमा हेरेकी रहिछन् । नेपालमा भने उनले पनि हेरिनन् । यसैगरी यो जोडीले आफ्नै फिल्म ‘घामड शेरे’ पनि आयोजित प्रिमियरमा भने हेरेको थिएन । सोसल मिडियामा नेपालको राष्ट्रिय दाइ भाउजुको समेत उपाधि पाईसकेको जोडीले एकअर्काको फिल्म किन हेर्दैनन् त ? यो उनैले जानुन् ।

कमेन्ट गर्नुहोस्