संगीत । सांगीतिक श्रष्टा सन्दीप लामाले ‘तिमि छौ तिमि’ बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरे फिचर्ड छन् । रुपेश थापाले दृश्य कैद गरेको भिडियोमा विकास धमलाको सम्पादन देख्न सकिन्छ ।
भिडियोमा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ । भिडियो अब्बल बनेको छ भने साथै कलाकारहरूले पनि उत्कृष्ट काम गरेका छन् । भिडियोमा बाँसुरी विकास लामा, मेकअप अनिता ग्वाचा र स्टाइलिश मार्कस ब्लेन्डेनको रहेको छ ।
कमेन्ट गर्नुहोस्











