‘क्याप्टिभेटिङ क्रिएशन अवार्ड २०२३’ सम्पन्न

देश । भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ मा खेलाडी, कलाकर्मी, मिडियाकर्मी सम्मानित भएका छन् । काठमाण्डौमा गत आइतबार सम्पन्न भएको अवार्डको छैठौं संस्करणमा कलाकार हरिवंश आचार्य, संगीतकार शम्भुजित बास्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटा, निर्देशक तथा पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता प्रकाश सुवेदी लगायतका नेपाली खेलाडी, कलाकर्मी, मेडियाकर्मीहरुलाई विशिष्ठ सम्मान प्रदान गरिएको छ ।

सांसद तथा व्यवसायी विनोद चौधरी मुख्य अतिथी रहनुभएको समारोहमा बलिउडका सदाबहार कलाकार तथा चर्चित खतपात्र रञ्जित, ९० को दशकको चर्चित फिल्म ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दार्ह्रा सिंहका सुपुत्र विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी कार्यक्रमका मुख्य आकर्षण थिए ।

चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट संगीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेष्ट चलचित्र अवार्ड प्रदान गरियो ।

कमेन्ट गर्नुहोस्