श्रीच्छा बनिन् मिस नेपाल

सौन्दर्य। ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । २३ वर्षिया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइन ।

उनले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा समेत आफूलाई अब्बल सावित गरिन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’ र रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जित्नुभयो । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने समरोहमा बताईयो । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्ड पठाइने भएको छ ।

कमेन्ट गर्नुहोस्