फिल्म। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का सम्मानित हुनुभएको छ । नगद राशी एकलाख पचास हजारसहित उहाँलाई आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित कार्यक्रममा ग्रेटर नेपाल महाअभियान अन्तर्गत सुरेन्द्र ढकाल प्रतिष्ठानले सम्मान गरेको हो ।
सुरेन्द्र ढकाल प्रतिष्ठानले देशको कथालाई ‘काँडेतार’ लगायतका चलचित्रमार्फत पर्दामा ल्याएको भन्दै निर्माता तथा कलाकार खड्कालाई सम्मान गरेको जानकारी दिएको छ । प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले देश निर्माणमा कटिबद्ध भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नु जरुरी रहेको बाताउनुभयो । सम्मानित हुन् पाउँदा आफूलाई उर्जा प्राप्त भएको निर्माता खड्काले जानकारी दिनुभयो ।
“मैले मनोरञ्जनका लागि मात्र चलचित्र तयार गरेको होइन । यी चलचित्रले देशको अवस्था र व्यथालाई पनि दर्शाउँछ”, निर्माता खड्काले भन्नुभयो । उहाँले दशगजा, आवाज, क्रान्ती, भिमदत्त, काँडेतारलगायतका चलचित्र निर्माण गरिसक्नुभएको छ ।











