नेपालमा अनुभवले गरे वेब सिरिजको छायाङ्कन

फिल्म। पछिल्लो समय नेपालमा विदेशी चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुने क्रम बढ्दो छ। कोरोना भाइरसको महामारी पश्चात भरिय चलचित्र ‘उचाई’ को छायाङ्कन भएको थियो। त्यसपछि अभिनेता विजय सेतुपति अभिनित ’फर्जी’ पनि छायाङ्कन भयो। स–साना शृङ्खला र वृतचित्रसँगै ठूला ओभर दी टप (ओटीटी) कम्पनिले निर्माण गर्ने चलचित्र नेपालमा आइरहेका छन्।

गतसाता भारतीय निर्देशक अनुभव सिन्हाले नेटफ्लिक्सको लागि निर्माण गरिरहेको शृङ्खलाको छायाङ्कन नेपालमा सम्पन्न गरेका छन्। काठमाडौं, पनौती, पोखरा लगायतका स्थानमा वेब सिरिजको छायाङ्कन भएको थियो। भारतबाट एक सय ६० जनाको समूह आएर छायाङ्कन भएको शृङ्खलाको बारेमा जानकारी सार्वजनिक गरेनन्।

इन्टरनेटमा प्राप्त सामाग्रीका अनुसार यो विक्रम संवत २०५६ पुस ९ मा काठमाडौबाट भारतको नयाँ दिल्लीका लागि उडान भरेको इन्डियन एयरलाइन्सको आईसी– ८१४ जहाज गन्तव्यमा नपुग्दै अपहरणमा परेको घटनामा आधारित छ। सिन्हा भारतीय चलचित्रका प्रख्यात निर्देशक हुनुहुन्छ। उहाँले रावान, आर्टिकल १५, मुल्क, अनेक, भीड, थप्पड जस्ता चलचित्र निर्देशन गरिसक्नु भएको छ।

शृङ्खलाको नेपाल छायाङ्कनको व्यस्थापन थ्री ह्विलर्स कम्पनीले गरिरहेको छ। लाइन प्रोड्युसरसमेत रहेको उक्त कम्पनिसँग सहकार्य गरेका प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी छायाङ्कन भएको पुष्टी गरेता पनि थप जानकारी दिन नमिल्ने बताए। यसै कम्पनिले उचाई चलचित्र र फर्जी शृङ्खलाको व्यस्थापन मिलाएको थियो।

कमेन्ट गर्नुहोस्