पाइलट बन्दै ‘धड़क’ गर्ल

फिल्म । डेब्यु फिल्म ‘धड्क’ मार्फत नै चर्चामा आएकी जान्ह्वी कपूर फाइटर पाइलट बन्ने भएकी छिन । सन् १९९९ को कारगिल युद्धमा आफ्नो ज्यानको पर्वाह नगर्दै युद्ध लडेकी गुन्जन सक्सेनाको बायोपिकमा जान्ह्वी देखिदैछिन् । गुन्जनलाई फाइटर पाइलट भनेर चिनिने गरिन्छ । जान्ह्वीले पनि तयारी थालिसकेकी छिन । उनले पाइलटकै ड्रेसमा केहि तस्वीर सेसन गरेकी छिन । जुन बाहिर आएपछि उनको चर्चा बढेको हो । डेब्यु फिल्म मार्फत नै दर्शकको मनमा बस्न सफल जान्ह्वीले करण जोहरको फिल्म ‘तख्त’ मा पनि काम गर्नेछिन् । यतिबेला उनि एअरफोर्सको बेसिक ट्रेनिङ लिईरहेकी छिन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्