इस्टुले सञ्चालनमा ल्याइन् ‘फ्लिप एण्ड इट’

फिल्म । कलाकार तथा कन्टेन्ट क्रिएटर इस्टु कार्कीले ‘फ्लिप एण्ड इट’ नामक क्याफे सञ्चालनमा ल्याउँदै व्यवसायिक यात्रा सुरु गरेकी छन् । उनले काठमाडौँ अनामनगरस्थित पूर्वी गेर्टमा काफे संचालनमा ल्याएपछि उनले नयाँ यात्राको सुरुआत भएकी बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले करिब एक दशकअघि एउटा जेब्रा झोला बोकेर काठमाडौं आएको स्मरण गर्दै त्यतिबेला व्यवसाय गर्ने कल्पनासमेत नगरेको बताएकी छन्।

थिएटर, म्युजिक भिडियो र केही फिल्ममा काम गरे पनि आफूले खोजेजस्तो सन्तुष्टि नपाएपछि कन्टेन्ट क्रिएटरका रुपमा सक्रिय भएको उनले जनाएकी छन्। तीन वर्षसम्म विभिन्न व्यवसायीसँग काम गर्ने क्रममा प्राप्त अनुभवले आफूलाई व्यवसाय सुरु गर्ने आत्मविश्वास दिएको उनको भनाइ छ ।

इस्टुका अनुसार ‘फ्लिप एण्ड इट’ ठूलो योजना वा पूर्वतयारीभन्दा पनि नयाँ कुरा सिक्ने र अनुभव बटुल्ने उद्देश्यले सुरु गरिएको हो । क्याफेको तयारीका क्रममा दुई महिनासम्म धेरै नयाँ कुरा सिक्न पाएको उल्लेख गर्दै उनले सफलता वा असफलता जे आए पनि यो यात्राले आफूलाई अझ परिपक्व बनाउने विश्वास व्यक्त गरेकी छन् । साथै उनले सबैलाई ‘फ्लिप एण्ड इट’मा कफीको स्वादसँगै कुराकानीका लागि निम्तो दिएकी छन् ।

उक्त क्याफेमा कफीसँगै स्वादिष्ट खाजासमेत पाउने उनले बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्