पुर्व कुमारी समिता बज्राचार्यको फोटो प्रदर्शनी सुरू

देश। पुर्व कुमारी समिता बज्राचार्यको जीवनयात्रा दर्साउने तस्विर प्रदर्शनी सुरू भएको छ। फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठद्वारा सङ्ग्रहित पाटनकी पुर्व कुमारी (जिवित देवी) बज्रचार्याको जीवनयात्रालाई पाटन म्यूजियममा विक्रम संवत २०६७ सालदेखि २०७१ सालको अवधिमा कुमारी घरको जीवनीसमेत तस्विरमा छ। पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्विरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले जानकारी दिए।

पाटन संग्रहालयमा आजदेखि सुरू भएको प्रदर्शनीको उद्घाटन आज एक कार्यक्रमको बीच ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन गरे । उनले प्रदर्शनीको तारीफ गर्दै यस्ता गतिविधिलाई महानगरपालिकाले सघाउने बताए । ‘जीवित देवीको रूपमा पुजा गरिने पूर्व कुमारीको समस्यामा हामी गम्भीर छौँ । ती समस्याको दीर्घकालीन समाधानमा हामीले ध्यान दिनेछौँ’, प्रमुख महर्जनले भने ।

पूर्व कुमारी समिताले कुमारीले पाउने सेवा सुविधालाई बधाई समय मैत्री बनाउन आग्रह गरिन् । ‘हामीले पाउने भत्ता सुविधालाई बढाउनुका साथै घर भित्र रहने कुमारीको भत्तासमेत बढाउनु आवश्यक छ । यसलाई सम्बन्धित निकाएले गम्भीर रूपमा लिनुपर्छ’, समिताले भनिन् । उनले कुमारी घरबाट निस्केपछि गरिएको क्रियाकलापलाई तस्वीरले बताउने जानकारी दिईन् ।

प्रदर्शनीमा राखिएको तस्वीरले कुमारीको सक्रियतालाई बताउने संयोजक डंगोलले जानकारी दिए। ‘तस्विर खिच्ने क्रममा यो योजना बनेको हो। उहाँको जीवनी कुमारी घर भन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्विरमार्फत देखाउने योजना बन्यो’,संयोजक डंगोलले भन्नुभयो,’म सँग कुमारी घरबाट निस्किएपछिको तस्विर थियो। उहाँको अगाडीको जीवनी झल्किने तस्विरहरू फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो।’

कराओके इन्टरटेनमेन्टको आयोजनामा सुरू भएको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ। प्रदर्शनीमा त्रिचालीस वटा तस्विर रखिएको संयोजक डंगोलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्